News Details


जाग्दै छ कृष्णभीर पहिरो!

डा रन्जन कुमार दाहाल, सह-प्राध्यापक, भुगर्भ विभाग, त्रिभुवन विश्वविद्यालय content sharing buttons



संन २००० साल को अगस्त महिनामा उब्जिएको र नेपालको इतिहासमै पहिरोले सडकमा दिने गरेको हदै सम्मको दुखको अनुभव गराउन सफल पृथ्वी राजमार्गमा अवस्थित कृष्णभीर पहिरोले हामी नेपाली इन्जिंनियर र भूगर्भविद हरुलाई धेरै तरिकाले पाठ सिकाएको छ | मुलभूत रुपमा भन्ने हो भने कृष्णभीर पहिरोले हामीलाइ सडक साइडको पहिरो के हो र यसलाइ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा धेरै कुज्ञान पनि दिएको छ | हालैका छापामा आएका खबर जस्तै बैतडीमा सुख्खा पहिरो ले दिएको दुख, बन्दीपोखरा पाल्पामा बगीरहेको जमिन, अनि अर्मलामा परेका खाल्डोले हिमाली इन्जिनियरिंग भुबैज्ञानिक पाटोलाइ धेरै हद सम्म प्रस्ट पनि परेको छ र अब पहिरो र जमिन भासिने बिषयमा चर्चा र बहस गर्नु वर्षायाम मात्र होइन हिउदयाममा पनि उत्तिकै उपयुक्त छ भन्ने कुरा पनि हामी सबैले बुझ्न थालेका छौ | यसमा जब हामी कृष्णभिर लाइ सम्झिन्छौ, स्थिति अब अति नै गम्भिर भैसकेको महशुश हुन् थाल्दछ | गत सालको श्रावन महिनामा पहिलो पटक कृष्णभीरको बिग्रदो स्थिति को बारेमा ज्ञान भएको थियो | उक्त समयमा कृष्णभीरको माथिल्लो क्षेत्र सम्म पुगेर हेर्दा स्थिति अझै बिग्रिन सक्ने भएकोले सम्बन्धित क्षेत्रमा आवाज पुराउन सामाजिक साइटहरुको मद्दत लिईएको थियो | व्यक्तिगत रुपले भेटेर नै सम्बन्धित निकायलाइ घचघचाउने काम पनि भएको थियो | तर आशा गरे अनुरुप कुनै बचावटको कार्य नबढेको देखिएको छ |

कृष्णभीर पहिरो के हो र यसले कसरि दुख दिएको थियो भन्ने कुरा हामी सबैलाई थाहा भएको कुरा हो | यो पहिरो अति ठुलो पहिरो नभएर मध्यम साइज को पहिरो हो | नेपालको पहाडमा देखिने गरेका अति ठुला सिंगो पहाड नै बग्ने भीमकाय पहिरो को पोल्टामा यो पहिरो गएको छ | यसको अर्थ पहिरोमा संलग्न पहिरोका पदार्थहरु केहि हजार बर्ष पहिले को समयमा भीमकाय पहिरोको रुपमा बगिसकेको चट्टान र माटो हो | यसैले त्यहाँ बगेको लेदो, माटो र चट्टानका टुक्राहरु अति कमजोर छन | भीमकाय पहिरो भित्रको नया पहिरो भएकोले कृष्णभीर पहिरो भएको ठाउमा स्लेट चट्टानको पत्रहरु अति नै ध्वस्त भएर टुक्रिएका छन र बलियोपन पट्टकै छैन | यहा सम्म कि हातले नै चट्टानको पत्र कोपर्न र भत्काउन सकिन्छ | यस्तो कमजोर चट्टान र माटो भएको पहाडी भिरमा कृष्णभीर पहिरो रहेको छ |

कृष्णभिर पहिरो जब सन २००० सालमा गएको थियो, त्यसबेला यसको रोकथाम उपायको लागि धेरै नै चर्चाहरु भए | विभिन्न किसिमका उपायहरु सुझाउदा सुझाउदै अन्तमा सस्तो उपाय बायो-इन्जिनियरिंग नै हामीलाई ठिक लाग्यो र १९८० को दशकमा ब्रिटिस इन्जिनियरहरुले धरान धनकुटा सडकबाट सिकाएको बायो-इन्जिनियरिंग प्रविधि प्रयोग गरि पहिरो व्यवस्थापन गर्ने प्रयास शुरु भयो | बायो-इन्जिनियरिंग भनेको साधारण भूक्षय र पातलो पत्र को माटो भएको ठाउमा हुने साना पहिरोहरु रोकथाम गर्न रुख बिरुवा र स-साना टेवा पर्खाल र गेवीयन पर्खाल प्रयोग गरिने सस्तो पहिरो रोकथाम प्रविधि हो | कृष्णभीरमा बायो-इन्जिनियरिंग प्रविधिको छनौट कुनै इन्जिनियरिंग सोच भन्दा पनि गर्नुपर्ने काम जस्तो भएको थियो | जसले गर्दा सडक विभागको अति नै मिहिनेती इन्जिनियरहरुको झन्डै ५ बर्षको परिश्रम ले बायो-इन्जिनियरिंग प्रविधि प्रयोग गरि कृष्णभीर पहिरो २००७ साल पछी बग्न छोडेको थियो र पहिरो को भागमा पर्ने सडक पिच पनि गरिएको थियो | बायो-इन्जिनियरिंग भनेको लगातार हेरचाह पुराउनु पर्ने प्रविधि हो | बढेका घास पात काट्ने, थुनिएका खोल्चो खोल्ने आदि सम्भारका काम हरु नगरे यसले रामरी काम गर्न सक्दैन र पहिरोको रोकथाम हुन् सक्दैन | तर कृष्णभीरमा २००७ साल पछी आवश्यक रेखदेख गर्न सायद हामी चुकेर नै होला गत सालको वर्षामा यो भत्किने प्रक्रियाको नजिक पुगेको छ | अहिले कृष्णभीर सडकको माथिल्लो र तल्लो भाग दुवै तिर नराम्ररी धसिन थालेको छ | गत मङ्सिर महिनामा सडकको तल्लो भाग धसिएर ठुलो ठुलो धजा फाटेको थियो र टेवा पर्खाल झन्डै २ मि सरिसकेको थियो | तर गत माघ महिनामा त्यो धसिएको ठाउमा माटो थुपारिएको रहेछ र धाजा हरु छोपेको पाइएको छ | यस्तै गरि झन्डै केहि हप्ता अगाडी खिचिएको फोटोमा हेर्दा कृष्णभिरको बिच भागमा पातलो पत्रको पहिरो बग्न शुरु गरेको यो सुख्खा मौसममा पनि ठ्याक्कै देखिन्छ | कृष्णभीरको दाहिने पट्टि को खोल्चोको माथिल्लो भागमा सबै इन्जिनियरिंग संरचनाहरु भत्किसकेको देखिन्छ | त्यहाँ पुगेर हेर्दा कृष्णभीर पहिरो भित्र अर्को सानो पहिरो गएर मथिल्लो भागमा लगाएको रुखहरु अहिले "जड्याहा रुख" मा परिवर्तन भएका छन | रुखहरु ढलेका र ढल्किएका छन्, अनि माटोको लेदो, टेवा पर्खालका टुक्राहरू खोल्चोमा बगिरहेको छ | उता सडकको तल भूक्षय पनि बढेको छ र सडकको छेउ भासिने क्रम पनि अति नै बढेको देखिएको छ | सडकको तल र माथि दुवै ठाउमा पानीको व्यवस्थापन बिग्रिएको छ र बायो-इन्जिनियरिंग संरचना नाशिदै गएका छन | यो सबै बयान अहिले सुख्खा मौषमको हो | अब मनसुन सुरु हुन केवल ४ महिना मात्र बाकी छ | मनसुन अगाडी हुने आधिबेहेरी र पर्ने मुशाल्धारे पानीको आगमन पनि पक्का छ | यस्तो अवस्थामा हामीलाई कृष्णभिरले अहिले कै अवस्थामा साथ दिई रहन नसक्ने कुरामा अब कुनै दुइमत छैन |

कृष्णभीर को बिग्रिदो अवस्थितिको बारेमा सम्बन्धित निकायलाइ थाहा भैसकेको पनि छ | तर हामी तत्काल कदम चाल्न भन्दा पनि अरु बिग्रियोस भनेर कुरेर बसे झैँ गरिरहेका छौ | विश्वबिद्यालयका अनुसन्धान कर्मीले समस्याको चुरो देखाए पछी सरकारी निकाय पनि अग्रसर भएर रोकथाम तिर उन्मुख भए हामी विपद व्यवस्थापन गर्न हदै सम्म सक्षम छौ भन्ने कुरा जनमानस लाई अनुभूति दिन सक्ने थियौ र दिगो र प्रकोप बिहिन सडकको हाम्रो सपना सधै साकार हुने थियो |

See Also this is the sample text link