News Details


घरजग्गामा कसिलो नीतिले कारोबारमा परेन प्रभाव, लक्ष्यभन्दा बढी राजस्व उठ्यो

अमर बडुवाल | बिजमाण्डू



newsimage
काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित व्यवस्था भन्दै १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा बैंक मार्फत गर्ने व्यवस्था अनिवार्य गर्‍यो। एक करोड रुपैयाँभन्दा बढीको कारोबारमा किन्ने बेच्ने दुबैजनाको प्यान नम्बर पनि अनिवार्य गर्‍यो। कित्ताकाट गर्दा तीन पुस्ताको अंशबण्डा गर्दा बाहेक श्रीमान श्रीमतीबीचमै कित्ताकाट गर्दा पनि लाभकर लाग्ने व्यवस्था लागू गर्‍यो। साउन महिनामै सरकारले खेतीयोग्य जमीनमा वर्षमा एक पटकमात्रै कित्ताकाट गर्न पाउने गरी प्लटिङ व्यवसायलाई निरुत्साहित गर्ने निर्णय गर्‍यो। (अहिले सर्वोच्च अदालतले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ)। यी सबै घटना साउन महिनाका मात्रै हुन्। यति हुँदाहुँदै पनि घरजग्गाको कारोबार भने सामान्य रुपमै अघि बढिरहेको छ। साउन महिनामा लक्ष्यको १२८ प्रतिशत राजस्व संकलन भएको छ। यी सबै घटना क्रम हेर्दा साउन महिनामा घरजग्गा कारोबारले लक्ष्य अनुसार राजस्व उठाउन सक्नेमा मालपोत कार्यालयहरुले नै शंका गरेका थिए। तैपनि घरजग्गाको कारोबारबाट साउन महिनामा मात्रै एक अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। साउन महिनामा राजस्व लक्ष्य एक अर्ब १० करोड रुपैयाँ राखिएको थियो।
Related News:

कलङ्कीको जामले दिक्क हुनुहुन्छ? चार महिना मै अण्डरपास, चक्रपथ बिस्तारको काम ६०% सकियो

सुदूरपश्चिममा सबैभन्दा महँगो जग्गा कैलालीमा, सस्तो अछाममा, हेर्नुस जग्गाको मूल्य कहाँ कति?

घरजग्गा कारोबारमा घाँटी अठ्याउँदै सरकार, श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर

ad image