icon News & Blog icon Pricing icon Post Ads icon Agencies icon Contact Us icon +977 9851155216
  • icon
  • icon
  • icon
  • icon

17 kitchen vaastu tips Nepali

author Gharghaderi.com

author

17 kitchen vaastu tips Nepali

आज म तपाई हरुलाई  भान्छाकोठा को वास्तु  मिलाउँदा गर्न हुने र गर्ने नहुने १० - १०  कुराहरु को जानकारी गराउँदैछु।   यो कुरा हरुलाई बिशेष ध्यान दिएर भान्छा निर्माण गर्नुभयो भने हजुरको भान्छामा सकारात्मक शक्ति सञ्चार हुनेछ भनेर वास्तुशास्त्रले दर्शाएको छ।  
वास्तुशास्त्रले गरेका धेरैजसो कुरा हरु वास्तुकलाका हिसाबले पनि व्यवहारिक देखिन्छन।

किचन वास्तु को कुरा गर्दाखेरि आगो एउटा महत्त्वपूर्ण तत्त्वको रूपमा मानिन्छ।   हामी सबैलाई आगो वा अग्नी को महत्व राम्रोसँग थाहा नै  छ।  

आउनुहोस् पहिला गर्नु पर्ने 10 महत्वपूर्ण कुराहरूको चर्चा गरौं।  


 के गर्ने ? 

१-   किचन बनाउनको लागि घरको दक्षिणपूर्व भाग एकदम राम्रो मानिन्छ यसलाई वास्तुशास्त्रमा आग्नेय कोण पनि भनिन्।   त्यसपछि दोस्रो ठिकै मध्यम  ठाउँ भनेको उत्तर-पश्चिम हो जुन दोस्रो अप्सन को रुपमा प्रयोग गर्न सक्नुहुन्।   वास्तुकलाको हिसाबले हेर्ने हो भने दक्षिण-पूर्वी कोणमा राम्रो उज्यालो हुने र  व्यक्तिले  धेरै समय व्यतित  गर्ने  हुनाले यो ठाउँमा kitchen बनाउनु एकदमै व्यवहारिक पनि देखिन्छ। 

२ -   ग्याँस चुलो लाई जहिलेपनि भान्साकोठाको दक्षिणपूर्वमा राख्नुपर्दछ।  

३ -  भाडा धुने सिंक वा वास बेसिन  कोलागि किचनको उत्तरपूर्वी कोड लाइ  राम्रो मानिन्छ।  याद  गर्नुहोस् जस्तै  सफा पानी, खाने पनि को धारा, जार, गाग्री जस्ता  कुराहरु जहिले पनि उत्तर-पूर्व कोड तिर राख्नु लाइ धेरै नै  शुभ मानिन्छ ।  

४ -  भान्साका खानेकुरा तरकारीजन्य कुराहरुलाई दक्षिण वा पश्चिम तिर राख्नलाई राम्रो मानिन्छ।  

५ - डाइनिंग टेबल लाइ    पश्चिम वा  उत्तर-पश्चिम दिशामा राख्नुलाई  राम्रो मानिन्छ।  

६ -  पकाउने व्यक्तिले पूर्वतिर फर्केर पकाउनु लाई पनि राम्रो मानिन्छ।  

७-  रङको कुरा गर्दाखेरि पहेँलो सुन्तला गुलाबी चकलेटी वा रातो रङ को भित्ता  वा भुइँ बनाउनु लाइ राम्रो मानिन्छ । 

८ -  फ्रिजलाई दक्षिण पूर्व दक्षिण वा पश्चिम तिरका राख्नु राम्रो हुन्छ।

९-  यदि हजुरको घरमा आगो बाल्ने छुट्टै ठाउँ छ त्यस्तो चुलो  छ भने त्यसलाई पनि दक्षिणपूर्वी कोणमा राख्नु उपयुक्त हुन्छ ।

१० -  किचनको पुर्बी र पश्चिम दिशामा झ्याल राख्नु र त्यो झ्याल सँगै चिम्नी राख्नुभयो भने पनि साह्रै राम्रो हुन्छ।  येसरी झ्याल राख्नु ले नकारात्मक शक्ति हरु बाहिर जाने हुन्छ भनेर वास्तु मा भनिएको छ ।  

अब कुरा गरौ किचनको वास्तु  मिलाउँदा गर्ने नहुने ७  कुराहरु 

१-  भान्सा कहिलेपनि उत्तरपूर्व दिशामा नबनाउनुहोस् किनकि यो कुबेर भगवानको दिशा हो र कुबेरलाइ सधै धन सम्पत्ती सँग जोडेर हेर्ने गरिएको छ त्यसैले उत्तरपूर्व कोणमा पुजा कोठाहरु बनाउनु सारै उत्तम मानिन्छ।  

२-  भान्सा लाई कहिल्यै पनि पूजाकोठाको ठ्याक्क तल-माथि बनाउनुहुँदैन।

३-  भान्सा सके सम्म ट्वाइलेट बाथरुम वा  कुनै सुत्ने कोठा को तल माथि पनि नबनाउनुहोस् भनेर वास्तुशास्त्रमा भनिएको छ।

४-  भान्सामा चुलो वा बिजुली का खान पकाउने   सिस्टमलाई दक्षिण-पूर्व कोडमा  राख्नुहोस् र यसलाई ढोकाको  ठ्याक्कै  अगाडि कहिलेपनि नपार्नुहोस्।  ढोकाको अगाडि ग्यास चुलो राख्नु र त्यहाँ खान बनाउने व्यक्ति बस्नु त्यति व्यवहारिक रुपमा पनि राम्रो मानिँदैन। 

५-  भान्सा दक्षिण-पश्चिम दिशामा नबनाउनुहोस्।  

६-  भान्सा कालो रङको भित्ता वा भुईँ कहिल्यैपनि नबनाउनुहोस्।  

७-  फ्रिज वा यस्तै विजुलीका सामानहरु लाई कहिल्यै पनि उत्तरपूर्वमा नराख्नुहोस्।

हजुर हरुको की जिज्ञासा भए कृपया कमेन्ट गर्नु होला।  
भान्सा को बास्तु बारे थप बिबरण हेर्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट हेर्न सक्नु हुन्छ लिंक तल दिएको पनि छ।